बेलडाँडीका बेसाहारा अशक्त टोपलाल पाण्डे ”अधिकारी” साहाराको आशामा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर-  बेसाहारा व्यक्ति जसका लागि आफ्ना आफ्न्त कोही पनी छैनन्,, भगवानले पनी शारीरिक रुपमा एक्लो बनाई छाड्यो । हुन त उनी संग धेरै धन सम्पति भएको भए आफ्ना मान्छे पनी खोज्दै आउने थिए होलान साँयद त्यसो नभएकै भएर होला अहिले सम्म पनी आफ्ना कोही सम्पर्कमा आएका छैनन् ।

ति व्यक्ति हुन बेलडाँडी गाउँपालिका वडा नम्बर–५ झिलमिला बस्ने अन्दाजी ५०/५५ बर्षिया टोपलाल पाण्डे जसलाई “अधिकारी” जि भनेर परिचित हुनुहुन्छ । यहि माघ ३० गते एक्कासी पेरालाईसिस भए पश्चात शारिरीक रुपमा पुर्ण अशक्त भई ओछ्यानमै थन्कीएका छन् उनी । आफ्न्तको खोजीका लागि प्रहरीमा खबर गरे पनी अहिले सम्म कोही पनी पत्ता नलागेको स्थानीयको भनाई रहेको छ ।

पुर्खेली अर्घाखाँची जिल्ला घर भएका उनी वि.स. २०४३÷०४४ साल तिर सानो किरानाको व्यापार गरी जिवीको पार्जन गदै आएका पाण्डे एकल व्यक्ति हुनुहुन्छ । उहाँ शारीरिक रुपमा पुर्ण अशक्त भएपश्चात स्थानिय कृष्ण बहादुर थापाले उनको दैनिकी स्याहार सुहार गरी रहनु भएको छ ।

सोमबार युवा नेता तथा समाजसेवी जनक सिह धामी र समाजसेवी गोपाल सिह गुरुङ्गले मानव सहायता सहयोग अभियान थाली सानो भएपनी विभिन्न दाताहरुबाट संकलित रु ७५०० नगद सहयोग गरी मानव सहायता भावनाको शुरुवात गरेका छन् । असाहाय पाण्डेको स्वाहार स’हारमा सानो भएपनी सहयोग पुगोस साथै मानव मानव विच सहयोगी भावना जागोस भन्ने हिसाबले अभियानको थालनी गरिएको समाजसेवी युवा नेता जनक सिह धामिले बताए ।

यस्तै समाजसेवी गोपाल सिह गुरुङ्गले भने अहिलेको समाजमा छोरा छोरीले आफ्ना आमा बुवालाई नहेर्न गरेको उदाहण देखिए पनी स्थानीय कृष्ण ब. थापा एक असाहायको साहारा बनेको भन्दै धन्यावाद प्रकट गदै सबैले उहाँको सहयोगमा जुटीदिन अनुरोध समेत गर्नु भयो ।

स्थानीय राम दत्त भट्टले सबै सरोकारवालाहरुले मानवीय सहायताको लागि अनुरोध गदै असाहय एकल व्यक्ति पाण्डेलाई सहयोगका लागि अपिल गर्नु भयो । उहाँले भने यस्तो अवस्थामा सबै मिलेर सहयोगमा जुटनु पर्ने धारण राख्दै सम्बन्धित निकायले समेत हेरिदिनु पर्ने धारण व्यक्त गर्नु भयो ।

उहाँको दैनिकी स्वहार सुहार गरी सेवा गरीरहनु भएका बेलडाँडी ५ का कृष्ण बहादुर थापाले स्थानीय सरकार र सम्बन्धित सबैले साथ दिदा आफुलाई पनी सजिलो हुने बताउछन् ।

यस्तै  सहयोग दिने क्रममा एक अर्का बेलडाँडी–३ का दम रोगबाट ग्रसित तुल्सी डगौरालाई पनी संकलित आर्थिक नगद ५ हजार एक सय रुपयाँ सहयोग गरेको समाजसेवी धामिले बताउनु भयो । उपचारमा सानो सहयोग पुगोस भन्ने हिसाबले उहाँको घर बैवाहा वलराम टोलमै पुगि उहाँकी धर्म पत्नीलाई रकम हस्तान्तरण गरिएको उनले बताए । लामो समय देखी दम रोगबाट पिडित डगौराको सेती प्रदेशीक अस्पतालमा उपचार भईरहेको छ । यसरी मानवीय सहायताको अभियान जारी रहेने र आगामी दिनमा समेत यस्तै खालको सहयोग जारी रहेको धामिले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *