नयाँ स्मार्ट लाइसेन्स पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट लाइसेन्स पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय रहेको जनाएको छ ।

स्मार्ट गाडी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै मन्त्रालयले अहिले लागू गरिएको प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको हो । सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे मन्त्रालयले विस्तृत जानकारी दिइएको छ ।

सुरक्षाका हिसाबले नयाँ स्मार्ट लाइसेन्समा तीन तहमा विभाजित ३९ वटा फरक–फरक सुरक्षा विशेषता समावेश गरिएको छ । नागरिकको गोपनीयता र डेटा सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार आउँदा दिनमा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर तथा विश्वविद्यालयका प्रमाणपत्र समेत स्वदेशमै उत्पादन गर्ने आधार तयार भएको छ ।

अहिले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रमा केन्द्रले लाइसेन्स छापिसक्ने अवस्था बनेको छ । त्यस्तै पुरानो छाप्न बाँकी सबै लाइसेन्स असार मसान्तभित्रमा छपाइ सकिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वैशाख १२ गतेसम्ममा १२ लाख र असार मसान्तसम्ममा थप १७ लाख पुरानो लाइसेन्सको छपाइ सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *