जबरजस्ती करणी आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर: जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन्।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार राना पक्राउ परेका हुन्।

महिलाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शुक्रबार रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हाे । पक्राउ गरेका रानालाई इलाका प्रहरी कार्यालय बेलाैरीकाे हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *