बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष नाथ पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर -कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार बेलुका पक्राउ गरेको जानकारी दिए ।

“ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” शाहीले भने, “मुद्दा इप्रका बेलडाँडीबाट चलेको छ ।” किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमती दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेलडाँडी गाउँपालिका ३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए ।

पचास वर्षीय राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेको विषय केहीदिन अघि प्रतिनिधीसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका थिए ।

प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।

Oplus_131072

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *