दिल्लीबाट चोरी गरी ल्याएका हिरा र सुन कञ्चनपुरबाट बरामद

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-कञ्चनपुर जिल्ला मा भारतको नयाँ दिल्ली बाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुनसहितका बहुमूल्य सामग्री प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बनहरा क्षेत्रबाट उक्त सामग्री आज बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा हिरा र सुनसहितका विभिन्न बहुमूल्य सामान रहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *