सांसद ज्ञानेन्द्र महता जनताका समस्या बुझ्न बस्ती–बस्तीमा पुगेर भेट गर्दै

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर — प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्न बस्ती–बस्ती पुगेर प्रत्यक्ष भेटघाट सुरु गर्नुभएको छ।

हालै गरिएको भेटघाट कार्यक्रममा उहाँले स्थानीय बासिन्दासँग सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा सीमासम्बन्धी समस्या बारे जानकारी लिनुभएकाे हाे । नागरिकहरूले दैनिक जीवनमा भोगिरहेका कठिनाइहरू खुलस्त रूपमा राख्दा सांसद महताले ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो।

उहाँले भन्नुभयो, “जनताको दुःख, पीडा र आवश्यकतालाई नजिकबाट बुझ्नकै लागि म बस्तीमै आएको हुँ। यहाँ उठेका हरेक आवाजलाई राज्यका सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्नेछु।”

स्थानीयहरूले जनप्रतिनिधि आफ्नै घरआँगनमा आएर समस्या सुन्न थालेपछि सकारात्मक सन्देश गएको बताएका छन्। उनीहरूले विकास निर्माण, रोजगारी, कृषि तथा सीमा व्यवस्थापनका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

यस किसिमको बस्ती–स्तरको भेटघाट कार्यक्रमले जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउनुका साथै विकासका प्राथमिकता निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *