कञ्चनपुर घर भएका प्रहरी निरिक्षक साँउद कैलालीमा “पुलिस अफ द मन्थ” बाट पुरस्कृत

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय कैलालीले ०८२ चैत महिनाकाे “पुलिस अफ द मन्थ” पुरस्कार प्रहरी निरिक्षक खगेन्द्र सिंह साउँदलाई प्रदान गरेकाे छ । इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी निरीक्षक साँउदलाई जिप्रका कैलालीले चैत्र महिनाकाे उकृष्ट प्रहरीका रूपमा मुल्यांकन गर्दै “पुलिस अफ द मन्थ” पुरस्कारबाट सम्मानित गरिएकाे हाे ।

उनलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बहादुर चन्दले सम्मान सहित पुरस्कृत गरेका हुन् । प्रहरी निरिक्षक साँउदले संगठन प्रतिकाे निष्ठा र कार्यक्षमताकाे उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै उनलाई प्रशंसा पत्र सहित सम्मान गरिएको कैलाली प्रहरीका प्रमुख चन्दले जानकारी दिनुभयाे।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका तिलाचाैर घर भएका प्रहरी निरिक्षक साँउद एक दशक देखि संगठनमा उकृष्ट कार्य सम्पादनका साथ प्रहरी अपरेशन, कार्वाहि र अनुसन्धानका क्षेत्रमा सफल रूपमा काम गर्ने उकृष्ट प्रहरी अफिसरका रूपमा चिनिन्छन् ।

शैक्षिक रूपमा एम.एस.सि. गरेका प्रहरी निरिक्षक साउँदले महेन्द्रनगरकाे सिद्वनाथ विज्ञान क्याम्पसबाट विएस.सी. उतिर्ण गरे लगतै २०७२ सालमा प्रहरी निरिक्षकमा भर्ना भएर प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *