कोभिड–१९ विरुद्धको लडाईं जित्‍ने हो भने घरमै बस्‍नुस् : अध्यक्ष दाहाल

समाचार

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् ।

शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराएका हुन्। साथै उनले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

यस्तै, उनले संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन आग्रह पनि गरेका छन् ।‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ अध्यक्ष दाहालले भनेका छन्,‘संकटको यो घडीमा गरिब र असहायकहरुके सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दछु।’ उनले कोभिड–१९ संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर घरमा बस्न पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *