सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा

प्रदेश १ सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो। चौविसै घण्टा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित अभियानमा खटिने कर्मचारीको हौसला बढाउन प्रदेश सरकारले सो निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए। यस्तै बैठकले कोरोना भाइरसको […]

Continue Reading

कोरोना संक्रमित धनगढीका व्यक्तिले धेरैलाई भेटेको पाइयो

धनगढी : काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ३४ बर्षिय पुरुषलाई कोरोनाको संक्रमण फेला परेको छ। उनी युएईको दुबैईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ पुगेका थिए भने काठमाडौँबाट नेपालगञ्ज हुँदै सार्वजनिक सवारी मार्फत धनगढी पुगेका थिए। ७ गते काठमाडौँ पुगेका उनी ८ गते धनगढी पुगे भने ११ गते सम्म उनले धेरैसंग भेटघाट गरेको स्थानीय […]

Continue Reading

दुबईबाट काठमाडौं र नेपालगन्ज हुँदै धनगढी पुगेका थिए संक्रमित

धनगढी — धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए । चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए। भोलिपल्ट८ गते बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज उत्रिएका उनी त्यहाँबाट माइक्रो हायसमा धनगढी आइपुगेको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ। उनी दुई दिन घर […]

Continue Reading

कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघको एक करोड सहयोग

गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् । संघको […]

Continue Reading

कोरोना प्रभाव : २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । विभिन्‍न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक […]

Continue Reading

तस्करको चिनी सशस्त्र प्रहरीको फन्दामा

तस्करले भारतबाट भन्सार छलेर ल्याएको चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले गयराती शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर क्षेत्रबाट साढे १४ क्विन्टल चिनी बरामद गरेको हो । तस्करले भारतबाट भन्सार नकाटेरै ल्याएको भएकाले बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले जनाएको छ । शैलेश्वरी गणका […]

Continue Reading

प्रचण्डलाई भेटेर प्रदेश प्रमुखले सुनाए गुनासा

प्रदेशका प्रमुखहरूले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। आइतबार बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सातै प्रदेशका प्रमुखहरूले भेटेका हुन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार, उनीहरूले प्रदेशमा कर्मचारी र भवनको अभावबारे गुनासो गरेका थिए। ‘उहाँहरू यहाँ आउनुभएको थियो, प्रदेशमा कर्मचारीको अभाव र भवन निर्माण लगायतका विषयमा अध्यक्षज्यूसँग छलफल गर्नु भयो’ सचिवालय स्रोतले भन्यो […]

Continue Reading

पूर्व सञ्चार मन्त्री बाँस्काेटाकाे भक्तपुर स्थितमा घरमा विस्फोट

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा घरमा कसैले सिलिन्डर बम विस्फोट गराएकाे उहाँका तत्कालीन स्वकीय सचिव सुरेश हुमागाइँले बताउनुभयाे  । विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको बताइएको छ । विस्फोट स्थलमा सर्वसाधारणकाे भीड लागेको छ । विस्फोट कसले गराएको हो खुलिसकेको छैन । यस विषयमा थप […]

Continue Reading

नारी दिवसका सबै कार्यक्रम स्थगित

सरकारले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को अवसरमा मार्च–८ अर्थात आइतबार गर्ने सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जनाएको छ। बृहत भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्रीपरिषद बैठकको फागुन २० गतेको निर्णय अनुसार […]

Continue Reading