रमेश प्रसाद भट्ट/महेन्द्रनगर– महाकाली नदिमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका एक व्यक्तिकाे शव सशस्त्र प्रहरीकाे गाेताखाेर टाेलीले फेला पारेकाे छ । नुहाउने क्रममा बेपत्ता भएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत २५ बर्षिया मनिष कुवँरकाे शव मृत अवस्थामा सशस्त्र प्रहरीकाे गाेताखाेर टालीले बुधबार दिउँसो फेला पारेकाे खाेज तथा उद्वारमा खटिएका विओपि गड्डाचाैकी गुल्गका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक फपेद्र कुमार केसीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने “घटना भएकाे खबर पाउना साथ सशस्त्र प्रहरी बल नेपालकाे खाेज तथा उद्वारकाे विशेष गाेताखाेर टाेली सहित म स्वंयम घटनास्थलमा पुगेर खाेजी कार्य जारी राखेपनि मंगलबार फेला पार्न नसके पश्चात् बुधबार दिउँसो मात्र बेपत्ता कुवँरकाे शव पानीमा डुवेकाे अवस्थामा हामीले फेला पारेका हाै ।”
घटना लगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानियले खाेजि गरेका थिए ।

अहिले मृतक कुवँरकाे शव महाकाली प्राादेशिक अस्पतालकाे शव गृहमा राखिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (DSP) हेम बहादुर शाहीले बताउनु भयाे । मृतक कुवँरका परिवारका सहित आफन्त आउदैछन्, पाेष्टमार्टम पश्चात् परिवारकाे जिम्मामा लगाईने डिएसपि शाहीले बताए ।



