कञ्चनपुर – बेलौरीमा चट्याङ लागेर सख्त घाइते भएका २३ बर्षिया लोकेन्द्र चन्दको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । सोमबार बेलौरी नगरपालिका १ बैशाखा स्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राती करिब ८:३५ बजेतिर चट्याङ पर्दा तीन जना घाइते भएका थिए ।
घाइते २३ वर्षका लोकेन्द्र चन्द , वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । चेकजाँच गर्दा लोकेन्द्र चन्दलाई डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनु भयो । ।
निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने छ । भने बाकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सुजन र नरेशकाे कम्मर मुनिकाे भागले काम गरिरहेको छैन भने, अवस्था चिन्ता मुक्त रहेको प्रहरीले जनाएको छ ।

