महेन्द्रनगर: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरिएको छ । समितिको अध्यक्ष पदमा महेश प्रसाद पन्त मनोनित भएका छन् । यस्तै सदस्य पदमा प्रशान्त भट्ट, इन्द्र साउँद र पार्वती जोशी नियुक्त भएका छन्।
अबकाे नयाँ नेतृत्वमा अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ हुने विश्वास गरिएको छ ।
स्थानीय स्वास्थ्य सेवा सुदृढीकरण, व्यवस्थापन सुधार तथा सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न नयाँ व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

