कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।
तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस अघि पनि पटक-पटक गरी लाखौ मुल्यका भन्सार छलीका समान बरामद गरेको छ ।
”तस्कर माथि हाम्रो एक्सन जारी रहेको भन्दै अबैध समान बरामद् गर्न गोदामहरुमा समेत छापा मारीरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कमला थापाले बताउनु भयो ।” उनले भने ‘गत बर्ष भन्दा यस बर्ष राजस्व बृद्धिमा समेत उल्लेख्य प्रगति भएको बताए ।’
प्रहरी उपरिक्षक थापाले कञ्चनपुर प्रहरीको कमाण्ड सम्हाले देखि तस्कर माथि एक्सन जारी राखे संगै धमाधम भन्सार छली गरी ल्याईएका अबैध समान बरामद् हुन थालेका छन्।


