सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउन काठमाण्डाै महानगरले पहल गर्छ : मेयर बालेन शाह

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताउनुभएको छ ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का पुगेका उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रङ्गशाला बनाउन पहल गर्नेछौँ ।’ उहाँले रङ्गशाला बनाउने र केही ठूला खेलहरु आयोजना हुने हो भने खेल विकास हुन सक्ने पनि बताउनुभएको छ ।

हिजो भारतसँगको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *