कञ्चनपुर वाणिज्य संघकाे उपाध्यक्षमा चर्चित चश्मा व्यवसाय जोशी

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वतमान महासचिव बाशुदेव जोशी(बिनोद)ले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका छन ।

झण्डै तीन दशकदेखि व्यापार व्यवसायमा जुटेका जोशीले यस पटक उद्योग उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।
चर्चित चश्मा व्यवसाय जोशीले वाणिज्य संघका सदस्यदेखि क्रमिक रुपमा सचिव, महासचिव हुँदै अहिले हुँदै उद्योग उपाध्यक्षमा आँकाक्षा देखाएका छन ।

जोशीको काँजल चस्मा सेन्टर छ । जिल्लामै काँजल चस्मा सेन्टर चर्चित छ । उनले यस पटक वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेर सहमतीको प्रयासमा जुटेका छन । उनलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ । जोशीसंगै उद्योग उपाध्यक्षमा धर्मसिह रावल र यज्ञराज भट्टले समेत उम्मेदवारी दिएका थिए ।

अन्तत भट्टले उम्मेदवारी फिता लिएका छन । समाजिक एव व्यवसायिक हकहितका साथै जिल्लाको आर्थिक विकासका लागि खटिएका जोशीलाई व्यवसायीले समेत बलिया उम्मेदवारका रुपमा हेरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *