कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग हुन थालेपछि प्रशासनकाे कडाई

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर, ३बैशाख-कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग दुरुपयोग हुन थालेपछि प्रशासन एक्सनमा उत्रिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लिखित रुपमा कर्मचारीलाई सचेत गराएको छ ।

सरकारले २३ चैत्र देखि सातामा अतिरिक्त थप आईतबार पनि सार्वजनिक विदा दिएपछी शनिबार सहित गरेर दुई दिन विदा दिएका बेला कर्मचारीहरुले सरकारी सवारी साधन झन दोहन गर्न लागेको भन्दै कडाई गरेको छ ।

२बैशाख(बुधबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गरेर सार्वजनिक विदाका दिन सवारी साधन दुरुपयोग भएको केही संचार माध्यम, सञ्जाल सञ्जालदेखि जनगुनासो बढेपछि त्यसतर्फ गम्भिर भएको जनाएको छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा कार्यालयको कामकाज बाहेक अन्यथा जथाभावि दुरुपयोग नगर्न नगराउन अनुरोध गर्दै सार्वजनिक विदाको दिन अत्यावश्यक काम भए कारण र औचित्य खुलाई प्रशासनबाट अनुमति लिन अनुरोध गर्दैै अन्यथा दुरुपयोग गरेको पाईए कानुनी कार्बाहीको चेतावनी दिएको छ ।

साथै प्रशासनले सर्वसाधारणलाई जहाँ सरकारी गाडी दुरुपयोग भएको भेटिए अनद स्र्पोटबाटै कार्बाहीका लागि खबर गरिदिन प्रशासकीय अधिकृत धर्मराज जोशी
(९८५८७८४८२६)मा सिदा खबरगरिदिन आग्रह गरेको छ ।
यस अघि पनि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले कार्यालय प्रमुख बैठकदेखिका विभिन्न समयमा निर्देशन दिदै आएको अब कडाईपुर्वक प्रशासन अघि बढेको बताए । प्रजिअ कोईरालाले ईन्धन संकट टार्नका लागि सबै कर्मचारी जिम्मेबार बन्नुपर्नेमा जोडदिएका छन ।
मध्यपुर्वीदेशमा भईरहेको द्वन्द्वका कारण अन्र्तराष्ट्रिय बजारमा ईन्धनको आपूर्तिमा भईरहेको प्रभावले नेपालमा समेत ईन्धन खपत घटाउदै अभाव हुन नदिने उदेश्यका साथ सरकारले दुई दिन सार्वजनिक विदा दिएको मौका छोपेर केही जिल्लाका कर्मचारी सपरिवारदेखि साथीभाईविच गु्रफ लिएर झन दुरुपयोग गरेका घटना देखिन थालेपछि प्रशासन निर्मम रुपमा सरकारी साधन दुरुपयोग बिरुद्ध एक्सनमा उत्रिएको हो । यस अघि पनि गत विगतका बर्षहरुमा केही कर्मचारीहरुले सरकारी सवारी साधन निजी काम जस्तै विवाह, ब्रतबन्द, मदिरा सेवन, प्रेमिकादेखि मदिरा सेवनमा दुरुपयोग गर्दै आएका दृष्ट्रान्ट छन ।

सिङ्गो देश परिर्वतनको पक्षमा देखिएका बेला केही ईमान्दार कर्मचारी सवारी साधन सदुपयोगमा देखिएका छन । भने, केही कर्मचारी दुई दिने विदामा एकातिर ईन्धन अर्कातिर सरकारी साधन दोदनमा उद्यतले सरकारको योजना कर्मचारीबाटै उलङघन हुन थालेपछि नागरिक तहमा समेत चिन्ता बढाएको छ ।

सर्वसाधारणले देश, जनता र सरकारप्रति उत्तरदायी नहुने पालिका, प्रदेश, संघ सहितका सस्थानका केही मात्रै कर्मचारीहरुले कार्यालय प्रयोजनका लागि दिएका साधन दाईजो जस्तै सम्झिएर चरम दोहन गर्ने प्रवृतिले सबै कर्मचारीको बदनाम गराएको भन्दै दुरुपयोग गर्नेमाथि सरक्षण नभई कानुनी कार्बाहीको चौतर्फ माग बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *