रमेश प्रसाद भट्ट/कञ्चनपुर – जिल्लाकाे बेलडाँडी गाउँपालिका-५ झिलमिलाका बेसाहारा अशक्त, एकल टाेपलाल पाण्डे `अधिकारी´बचाँऊ अभियानमा अार्थिक सहयाेग जुटन थालेकाे छ ।
बचाँउ अभियानमा बेलडाँडी गाउँपालिका-५ स्थाई घर भएका हाल लमजुङमा खानेपानी संस्थानमा कार्यरत युुवा दामाेदर भट्टले पाँच हजार रूपयाँ सहयाेग गर्ने घाेषणा गरेका छन् ।
गत माघ ३० गते एक्कासी प्यारालाईसिस भएपश्चात पुर्ण रूपमा अशक्त बनेका बेलडाँडीका `अधिकारी´ जि बचाँऊ अभियानमा उहाँकाे स्वहारमा सहयाेग पुगाेस भन्ने साेचले बेलडाँडी- ५ बस्ने युवा ( हाल लमजुङ जिल्ला) खानेपानी संस्थानमा कार्यत भट्टले ५ हजार सहयाेग गर्ने उद्वघाेष गर्नु भएकाेमा हाे ।
उनले भने “मेराे एक सानाे सहयाेगले कसैकाे जीवन माथि ठुलाे सहयाेग पुगाेस भन्ने धारणाले सहयाेग गर्ने विचार गरेकाे र भाेलि विहिवार ईसेेवा मार्फत पैसा पठाई दिने बताएका हुन ।”
मानविय सहयाेग साहयता भावना राखि सहयाेग अभियानमा जुटने क्रम जारी रहेकाे छ । दुई दिन अघि पनि समाजसेवि जनक सिह धामि र गाेपाल सिह गुरूङले अाफु लगायत विभिन्न व्यक्तिबाट संकलित ७ हजार ५ सय रूपयाँ सहयाेग गरेका थिए ।
पुर्खेउलि घर अर्घाखाचि जिल्ला घर भएका तर उनका अाफन्त समेत अहिले सम्म पनि पत्ता लागेका छैनन् ।
`अधिकारी´ जिका नामले परिचित उनकाे स्थानिय कृष्ण बहादुर थापाले अाफ्नाे घरमा राखि स्याहार गरिरहनु भएकाे छ । उनकाे सहयाेगका लागि सबैले साथ दिनु पर्ने स्याहारमा जुटेका थापाले सबै पक्ष संग अपिल गरेका छन् ।

