जेनजी आन्दोलनमा मारिएका प्रहरी अमृत गुरुङको घरमा गृहमन्त्री अर्याल

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर/ मंसिर २८- गत भदौँ तेस्रो साता जेनजी आन्दोलनका क्रममा मारिएका कास्की पोखराका प्रहरी सहायक हबल्दार अमृत गुरुङ्गको घरमा गृहमन्त्री ओम प्रकास अर्याल, गृहसचिव रामेश्वर ढङगाल, प्रहरी महानिरीक्षक दान बहादुर कार्की सहित अधिकारी पुगेका छन ।

गण्डकी प्रदेशको सुरक्षा गोष्ठीका लागि पोखरा पुगेका गृहमन्त्री अर्याल सहित , गृहसचिव ढङगाल, प्रहरी महानिरीक्षक कार्की सहित अधिकारी स्व. प्रहरी सहायक हबल्दार गुरुङ्गको घरमा पुगेका हुन ।

गृहमन्त्री अर्याल सचिवालयका उपसचिव एवं गृहमन्त्रीका निजि सचिव पर्शुराम पोखरेलले गृहमन्त्री अर्याल सहित , गृहसचिव ढङगाल, प्रहरी महानिरीक्षक कार्की सहित जिल्ला स्थित सुरक्षा निकायका अधिकारीले स्व. प्रहरी सहायक हबल्दार गुरुङ्गको घरमा पुगेर भेटघाट गरेको बताए ।

जेनजी आन्दोलनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी गुरुङ्गको घर पुगेर फोटोमा मार्याल्यण सहित सहिद परिवारलाई सान्त्वनादेखि गुरुङ्ग परिवारलाई राज्यले गर्ने रोजगारीका कार्यक्रममा जोड्ने गृहमन्त्री अर्यालले आश्वासन दिएका छन ।

गृहमन्त्री अर्यालले गुरुङ्गले प्रहरी संगठन मार्फत देश र जनताका लागि गरेको योगदान सरानिय भएको भन्दै उच्च सम्मान रहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *