पूर्वमुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयको पाठ्यक्रममा

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्यालयको पाठ्यक्रममा सूचीकृत भएको छ।

उत्तराखण्ड भारतको अल्मोडास्थीत शोबनसिह जिना युनिभर्सिटी (एएसजे)को ‘इतिहास, संस्कृति तथा पुरातत्त्व विभाग’ले रावलद्वारा लिखित पुस्तक ‘दी हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालीन डोटीको इतिहास)’ लाई पाठ्यक्रममा राखेको हो।

विभागका प्रमुख डा. गोकुल सिंह देउपाले पूर्व मुख्यमन्त्री रावललाई मंसिर २३ गते एक पत्र पठाउँदै उक्त पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा राखिएको जानकारी दिएका छन्।

देउपाद्वारा लिखित पत्रमा भनिएको छ ‘तपाइको पुस्तक दी हिस्ट्री अफ मिडिभल डोटीलाई विश्वविद्यालयको सन्दर्भ पुस्तकको रूपमा सूचीकृत गरिएको जानकारी गराउन पाउँदछ हामी खुसी छौ ।’

रावललाई लेखिएको पत्र अनुसार विश्वविद्यालयको विशेषज्ञ अध्ययन समितिको स्वीकृतिपछि कार्यान्वयनमा जानेछ।

अंग्रेजी भाषामा प्रकाशित पुस्तक लेख्न रावलले डेढ दशक अनुसन्धान गरिएको बताए। ‘मैले १७ वर्ष अनुसन्धान गरेर लेखेको पुस्तक हो, एसएसजे विश्वविद्यालयले सन्दर्भ सामाग्रीमा सूचीकृत गर्न लागेको थाहा पाउँदा खुसी लागेको छ’ एमाले नेता समेत रहेका रावल भन्छन् ‘भारतको उत्तराखण्डसम्म फैलिएको मध्यकालीन डोटी राज्यको इतिहासबारे विस्तृत रूपमा समेटिएको छ।’

यो पुस्तकलाई सुदूरपश्चिम विश्वविद्यालयले समेत गत वर्षदेखि सन्दर्भ सामाग्रीको रूपमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *