सांसद ज्ञानेन्द्र महताले गरे कञ्चनपुर कारागारकाे निरिक्षण

मुख्य खवर राजनीति विशेष समाचार

डिल्ली राज पन्त/कञ्चनपुर-नयाँ वर्षको शुभारम्भकै दिन कञ्चनपुर कारागारको अनुगमन निरीक्षणका क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ का माननीय प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले कारागारको भौतिक अवस्था, बन्दीहरुको जीवनयापन, स्वास्थ्य सेवा, सरसफाइ तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत रुपमा निरीक्षण गर्नुभयो।

उहाँले निरीक्षणका क्रममा कारागारभित्र रहेका समस्याहरु—अत्यधिक भीडभाड, पर्याप्त स्वास्थ्य सेवाको अभाव, खानेपानी तथा सरसफाइ सम्बन्धी चुनौती—प्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न अनुराेध गर्नु भयाे ।

माननीय महताले नयाँ वर्षले सुधार, परिवर्तन र सकारात्मक सुरुवातको सन्देश दिने उल्लेख गर्दै कारागारलाई सजाय भोग्ने थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। बन्दीहरुको मानवअधिकार संरक्षण, सीपमूलक तालिम तथा पुनःस्थापनामुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले कारागार प्रशासनसँग आवश्यक स्रोत–साधनको अभाव, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विस्तारका विषयमा समेत जानकारी लिँदै सुधारका लागि आवश्यक पहल गर्ने बताउनु भयाे ।

त्यस्तै निरीक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन कोइराला ले कारागार को अवस्था र कैदीबन्दी को सुरक्षा का विषयमा आफू संग आएका रिपोर्ट अनुसार विभाग मा जानकारी गराउँदै आएको बताएका छन् ।

कारागार का जेलर हेमन्ती साउद ले विगतमा कारागार भित्र भएको दुःखद घटना केही कैदीबन्दीको असमझदारीका कारण भएको बताउँदै यस्ता कुरा मा अब उप्रान्त विशेष सजग रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *