भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट सम्मानित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रशाद भट्टलाई सम्मान गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद् र भलिबल संघ कञ्चनपुरले भलिबलका मुख्य प्रशिक्षक भट्टलाई सम्मान गरेको हो ।

गत आईतबारदेखि महेन्द्रनगर खुला मञ्चमा भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल राष्ट्रिय प्रतियोगिताको समापन समारोहमा भलिबलका मुख्य प्रशिक्षक भट्टलाई सम्मान गरेको छ । समग्र नेपालको राष्ट्रिय खेल भलिबलको बृद्धि विकास र सुदूरपश्चिम क्षेत्रबाट खेलाडी उत्पादन गरेको भन्दै भलिबल क्षेत्रमा गरेको अतुलनिय भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको बताए ।

भट्टलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अथिति पुर्व उपप्रधान रक्षा,गृहमन्त्री भीम रावल, सुप प्रदेशका पुर्वमन्त्रीद्वय प्रकास रावले सम्मान गरेका थिए ।

यसका साथै कञ्चनपुरका भईरहने भलिबल प्रतियोगितमा अतुलनिय सहयोग गरेको भन्दै आयोजकले नेपाली सेनाका सहायक रथी नम्बर २५ बाहनीका बाहनीपति मनोज थापालाई समेत सम्मान गरेकाे  थियाे। बाहनीपति थापालाई पनि आयोजकले दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *