महेन्द्रनगर – कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि थपिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राती १२ बजे देखी जेष्ठ २२ गते राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए
विस्वभर फैलिदै गएको नया भेरियन्टका साथै कोभिड-१९ को संक्रमण कञ्चनपुरमा उच्च दरमा फैलिदै गएको सन्दर्भमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र को निर्णयको आधारमा लकडाउन थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।
जिल्लामा रहेको शब्जीमण्डी तथा हाट बजारहरु पूर्णरुपमा बन्द गरिएको तथा फलफुल लगायतका तरकारीका, खाद्यवस्तु पसल व्यावसायका लागि सम्बन्धित स्थानीय तह तथा उधोग बाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजे देखी ९ बजे सम्म संचालन गर्न सकिने भएको छ ।
खाद्यवस्तु पसल व्यावसायका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी हरेका आईतवार र बुधवार बिहान ६ बजे देखी ९ बजे सम्म संचाल गर्न सकिने भएको छ । विवाह व्रतबन्धको हकमा बढीमा १० जना सहभागी भई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी समबन्धित क बर्गको ईलाका प्रहरी कार्यालयबाट अनुमती तथा पास जारी गर्ने, र होटेल तथा पाटि प्यालेस को प्रयोग गर्न नपाईने भएको छ ।
बाँकी नियम हरु पहिलेको आदेश अनुरुप नै लागु हुने र आदेश विपरित कार्य गरेको खण्डमा प्रचलित ऐन नियम र कानुन कमोजिम कार्वाही पनि गरिने प्रशासनले जनाईएको छ ।



