रमेश प्रसाद भट्ट /बेलडाँडी– कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई ब्राउन सुगर सहित पक्राउ गरेकाे छ । बेलडाँडी गाउपालिका वडा नम्बर-३ बनकुरुवा बाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका हुुन ।
बेलडाँडी सिमा क्षेत्र सीमा स्तम्भ नं. ७८३।२ नजिकैबाट सशस्त्र प्रहरीले खैरो हिरोईन सहित एक महिला एक पुरूषलाई पक्राउ गरेको हाे ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा शनिबार साँझ उनिहरूलाई बा ६८ प ३१६९ नंम्बरको मोटरसाइकलमा सवार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-१ सुख्खड बस्ने २२ वर्षीय युवक गोरख बहादुर बोगटी र कैलालीकै बर्दगोरीया गाउँपालिका -३ बौनिया बस्ने २३ वर्षीया युवती शारदा बिकलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनीहरुको साथबाट १९ ग्राम ८२० मिलि ग्राम खैरो हिरोईन, नगद ४ हजार, बैँक चेक, ३ थान मोबाइल सेट, एक-एक थान मोटरसाइकल, झोला र भारतीय सिम कार्ड समेत बरामद गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारीले बताउनु भयाे ।
यसरी बेलडाँडीकाे सिमा क्षेत्रमा रहेकाे सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्टले उच्च सुरक्षा सतर्कता बढाए संगै यश क्षेत्रमा चाेरी तस्करी र अबैध धन्दामा कमि अाएकाे पाईन्छ । यश अघि पनि सशस्त्र प्रहरी झिलमिलाले खाैराे हिराेईन सहित धेरैलाई पक्राउ गरेकाे छ ।
पछिल्लाे समयमा सिमा क्षेत्रमा लागू अाैषध काराेबारीकाे संख्यामा बृद्वि भएकाे पाईएपछि सुरक्षा सतर्कलाई अझ बढाएकाे सशस्त्र प्रहरी उपरिक्षक एेरले बताए

