कञ्चनपुरमा कोरोना विरुद्धको पहिलो चरणको अन्तिम दिनको खोप बेलौरीमा,, ३१५ ले लिए खोप सेवा

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरमा कोरोना विरुद्धको खोप पहिलो चरणको क्रममा लगाउने छुटेकाहरुका लागि आज बेलौरीमा खोप लगाईएको छ । शनिबार बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खोप  लगाउने कार्यक्रम गरीएको बेलौरी नगरपालिका कोभिड -१९ फोकल पर्सन मान बहादुर चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार ”चिकित्सक, नर्स, पारामेडिक्स, फार्मेसी, ल्याब,आयुर्बेद,महि अनितम दिनको खोप बेलौरीमाला स्वंयम सेविका आदि स्वास्थ्य संग सम्बन्धित ब्यक्तिहरु, काउन्सिल दर्ता फोटो सहितको परिचय पत्रका आधारमा सबै जसोलाई खोप लगाईएको बताउनु भयो ।” उनले भने ”जिल्ला सदरमुकाम गई खोप लगाउन नसकेकाहरुलाई लक्षित गरी पहिलो चरणमा खोप लगाउनु पर्नेहरु कोहि नछुटुन भन्ने उद्देश्यका साथ कार्यक्रम बमोजिम कोभिड- १९ विरुद्धको खोप लगाईएको बताए ।”

आज आज अन्तिम दिन दक्षिणि भेगका सुरक्षाकर्मी ९० जना,स्वास्थ्यकर्मी ४५ जना,म.स्वा.स्वं, सेविका ६१जना, सहयोगी ९जना, र अन्य ७ जना गरी जम्मा ३१५ जना जसमा २१७ पुरुष, ९८ महिलालाई खोप लगाईएको कोभिड १९ फोकल पर्सन चन्दले जानकारी दिनु भएको छ ।

पहिलो चरणमा क्षेत्रमा कार्यरत कोभिड- १९ व्यवस्थापनका लागि अग्रपंतिमा खटिने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापक तथा सरसफाइकर्मीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर जिल्लामा जम्मा २ हजार ८ सय २० जनालाई खोप लगाउने लक्ष्यका साथ कञ्चनपुरमा यही माघ १४ गतेदेखि शुरु गरिएको अभियान अन्तर्गत कञ्चनपुर जिल्लाको महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिएको थियो । आज अन्तिम दिन बेलौरीमा समेत खोप सेवा सञ्चालन गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *