कञ्चनपुर- हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रर्दशन गरिने हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रर्दशन गरिने देशका विभिन्न स्थानमा राजसंस्था पूर्नस्थापना र हिन्दुराज्यको माग अघि सारेर राजावादी सर्मथकहरुले प्रर्दशन गरिरहेका बेला शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- १ मा समेत राजावादीले मोटरसाईकल र्यालीको आयोजना गरेका छन ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शनिबार(भोली) क्षेत्र नम्बर- १ मा मोटरसाईकल र्याली आयोजना गरेको सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शुक्रबार बेलौरीमा आयोजिक पत्रकार सम्मेलन मार्फत जनाईएको छ । ।
ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकाले जनताको चाहना अनुरुप मोटरसाईकल र्याली आयोजना गरिएको जनाईएको छ ।सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक बिरेन्द्र बहादुर चन्दले मोटरसाईकल र्यालीको सम्पूर्ण तयारी भईरहेको बताए ।

उनका अनुसार र्यालीमा ४/५ सय मोटरसाईकल सहभागि हुने छन । बेलौरीदेखि शुरु भएको मोटरसाईकल र्याली पुनर्वास जाने र त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै फेरी बेलौरीमा पुगेर कोण सभामा पुगेर समापन गरिने बताए । राजपरिष्द सदस्य धिरेन्द्र विक्रम सिहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकाले परिर्वतनका लागि नागरिक स्वत: सडकमा आएको बताए ।
उनका अनुसार आफुहरु कहिकतैबाट परिचालिन नभई स्वत: सडकमा आएको बताए । ‘हामी बन्दुक उठाउँदैनौँ, ‘उनले भने, ‘नागरिकलाई जागरणका माध्यमबाट जोड्छौँ ।’ राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नारिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रममा सहभागि हुन आब्हान गरे । जनता माथि धोका भएको भन्दै तत्कालिन राजनैतिक दलले १२ बुदे सम्झौता गरेको बेला राजा संग भएको सम्झौतालाई कार्यन्वयन गरिनु पर्ने विश्व हिन्दु महासंघका अध्यक्ष ईन्जिनीयर विष्णु बराले बताए । उनले भने “हिन्दुत्वको बहुल्यता भएको देशमा धर्म निरिपेक्ष राखेकाले धर्म र संस्कृतिको संरक्षणका लागि देशमा राजाको आवश्यकता भएको बताउदै तत्कालीन संम्झौतामा कहिनेर पनी राज संस्था फल्नु पर्छ भन्ने कुरा नभएको समेत बताउनु भयो।”
सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भईरहेकाले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रर्दशन भईरहेकाले यसलाई अनर्थ लगाउन नहुने बताए । यस अघि राजावादी सर्मथकहरुले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रर्दशन गरिरहेका छन ।

