मन्त्रालयले बनायो लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा, मन्त्रिपरिषदमा लैजाने तयारी

राजनीति

सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो। नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय  स्रोतले  बतायो।

‘नक्सा तयार भइसकेको छ। यसलाई कहिले लैजाने भन्ने मात्रै कुरा हो,’ मन्त्रालय स्रोतले भन्यो,’मन्त्रीज्युले छिट्टै यो प्रस्ताव लैजानुहुन्छ होला।’ आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। आजकै बैठकबाट नयाँ नक्सा जारी गर्ने निर्णय हुन्छ कि हुन्न भन्ने एकिन छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *