मन्त्री मगरद्धारा चारै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री

समाचार
रमेश प्रसाद भट्ट/ बेलडाँडी – कञ्चनपुर क्षेत्र नम्बर १बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित खानेपानी मन्त्री समेत रहेकी बिना मगरले निर्वाचन क्षेत्रका जनताका लागि चारै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गर्नु भएको छ  । यस अघि खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री दिएकी मन्त्री मगरले  फेरी  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चारै तहलाई गन थर्मामिटर र सेनिटाईजर दिएकी हुन् ।
मंगलबार खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमिल्सेना मार्फत चारै स्थानीय तहलाई उक्त समाग्री हस्तान्तरण गरिएको हो । बेलडाँडी गाउँपालिकालाई २ थान गनथर्मामिटर ज्वँरो नाप्ने यन्त्र, ४० थान सेनिटाईजर, बैलौरी नगरपालिकालाई ६० थान सेनिटाईजर, ३ थान गनथर्मामिटर, पुर्नवास नगरपालिकालाई ६० थान सेनिटाईजर र ३ थान गनथर्मामिटर हस्तान्तरण गरिएको स्वकीय सचिव  तिमिल्सेनाले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो  ।

स्वकीय सचिव तिमिल्सेनाका अनुसार बेलडाँडीका प्रमुख धन ब. थापा, बेलौरी नगर प्रमुख पोतिलाल चौधरी र पुर्नवास नगर प्रमुख जिवनराज थापालाई उक्त समाग्री हस्तान्तरण गरेको बताए ।। लालझाडी गाउँपालिकालाई भने बुधबार हस्तान्तरण गरिने  स्वकीय सचिव तिमिल्सेनाले बताए । लालझाँडी गाउँपालिकामा समेत बेलडाँडी गाँउपालिकाकै जति २ थान गन थर्मामिटर र ४० थान सेनिटाईजर हस्तान्तरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *