महेन्द्रनगर–कञ्चनपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ् विजयी भएका छन् ।
लामाले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी नेत्री बिना मगरलाई ५ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका हुन् । तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरे ।
२०७४ मा प्रदेश सभा सदस्य निर्वाचित हुदै अर्थमन्त्री समेत भईसकेका तामाङ् माओवादी अध्यक्ष प्रचण्डकी बुहारी मगरलाई पराजित गरी प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका छन् ।
एमाले विभाजनका बेला समाजवादिमा प्रवेश गरेर मन्त्री बनेका तामाङ निर्वाचनका केही अघि मात्र पुन: एमालेमै फर्किएका थिए ।

