उद्योग बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जाेशिले दिए कञ्चनपुर क्षेत्र न.-३ `क ´ बाट स्वतन्त्र उम्मेदवारी

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर–  उद्योग बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष एवं प्रतिष्ठित उद्योगी पिताम्बर जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- ३ `क´ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिनु भएकाे छ ।

काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित जोशीले स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनु भएकाे हाे।

केही समय अघि जिल्ला समन्वय समितिकाे कार्यालयमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर जाेशिले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

केही महिना अघि कञ्चनपुर उद्योग बाणिज्य संघकाे निर्वाचनमा विजयी भएका उद्योगी जाेशिले अब स्वतन्त्रबाट उम्मेदवार भई यश क्षेत्रमा रहेका निजि क्षेत्रका समस्या देखि विकास निर्माणका सवालमा लाग्ने प्रतिवद्वता सहित प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दिएकाे बताउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *