कञ्चनपुरका सफल निर्माण व्यवसायि दिपक भट्ट काेषाध्यक्षमा निर्वाचित

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  युवा निर्माण व्यवसायी दिपक भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

 भट्ट निकटतम प्रतिद्वन्दी तेज बहादुर चन्दलाई १४ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका हुन । भट्टले १२०, चन्दले १०६ र महेश खडकाले १३ मत ल्याएका थिए ।

डेढ दशकदेखि निर्माण व्यवासायमा प्रत्यक्ष जोडिएका निर्माण व्यवसायी भट्ट अहिले संघको कोषाध्यक्ष पदमा निर्वाचित बनेका हुन।

उनी निरन्जन प्रशाद भट्ट प्यानलबाट कोषाध्यक्ष पदका लागि लडेका हुन। व्यवस्थापन संकायमा स्नाकोत्तर अर्थात माष्टरडिग्री गरेका भट्टले आफ्नै एकेडेमीक अध्ययन गरेकै विषयसंग मुल्दोजुल्दो कोषाध्यक्ष पद राेजेका थिए ।

नेशनल कस्ष्ट्रक्सन प्रालिका निर्देशक समेत रहेका भट्ट पुर्खाले व्यवसायी गर्दै आएको व्यवसायमा जुटेका उनी सफल व्यवसायि मानिन्छन  ।

यस अघि संघका सदस्य पदमा निर्वाचित भएका भट्टले अहिले कोषाध्यक्ष पदमा जित हासिल गरेका हुन ।

युवा, सक्षम, सफल उत्कृष्ठ निर्माण व्यवसायीका रुपमा ख्याती कमाएका भट्टलाई प्राय:सबैले रूचाउछन्  । ०५७ देखि ०६१ सम्म भट्टका पुजनिय पिता धर्मानन्द भट्टले संघको नेतृत्व गरेका थिए ।

बुवाकै पेशा राेजेका उनले काेषाध्यक्षमा निर्वाचित भए संग अब समग्र निर्माण व्यवसायिकाे हक, हित र व्यवसायिक सुधारका लागि लडने समेत प्रण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *