कञ्चनपुर -नेकपा एमाले बेलडाँडीमा चुनावकै मुखमा बबण्डर मच्चिएको छ । एमालेबाट टिकटको लाईनमा रहेका तीन नेताहरुले बाँगी(स्वतन्त्र) उम्मेदवारी फिर्ता नलिएपछि झन बबण्डर मच्चिएको हो ।
शुरुवाती चरणदेखि एमाले बेलडाँडीमा टिकटको विषयलाई लिएर तिव्र असन्तुष्टी बढिरहेको थियो ।
बेलडाँडी वडा नम्बर-२ मा वडा अध्यक्ष पदमा एमालेका दुई युवा नेता विष्णूराम उपाध्याय, भोज पाण्डे र वडा नम्बर-१ मा मनाेज कुमार बोहराले उम्मेदबारी फिर्ता नलिएपछि झन बबण्डर मच्चिएको हो ।
टिकट वितरणमा विभेद भन्दै बेलडाँडी-१ बाट मनोज कुमार बोहरा र २ बाट विष्णूराम उपाध्याय र भोज पाण्डेले स्वतन्त्र(बाँगी) उम्मेदारी दर्ता गराएका थिए ।
उपाध्याय बेलडाँडी गाउँ कमिटि उप-सचिव हुन भने बाेहरा यस अघि निर्वाचित सदस्य हुन र पाण्डे संगठनका गाउँ सदस्य हुन । बोहरा, पाण्डे र उपाध्यायले उम्मेदबारी फिर्ता नलिएपछि नेकपा एमाले बेलडाँडी गाँउ कमिटीले उनीहरुलाई कार्बाही गरेको छ ।
नेकपा एमाले बेलडाँडीले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पाटीबाट अघि सारिएका उम्मेदवार बिरुद्धमा उम्मेदवारी दिने, आधिकारिक उम्मेदबार बिरुद्धमा जाने, बोहरा, पाण्डे र उपाध्यायलाई साधारण सदस्य नरहने गरी कार्बाही सिफारिस गरिएको छ ।
एमाले बेलडाँडीका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा उनीहरुलाई कार्बाही गर्न जिल्लामा सिफारिस गरेको छ । १६ बैशाखमा एमाले कार्बाहीका लागि सिफारिसमा परेका गाँउ उप-सचिव विष्णूराम उपाध्यायले १२ बैशाखमै एमाले परित्याग गरेको पाईएको छ ।
उपाध्यायले १२ बैशाखमा एक प्रेस नोट जारी गरेर पार्टिबाट राजिनामा र पार्टि परित्याग गरेको घोषणा गरेका थिए ।
गाँउबाट समेत सिफारिस नभएका व्यक्तिलाई सिफारिस गरेको भन्दै उपाध्यायले आजकै मितिदेखि कुनैपनि स्थानमा नबस्ने भन्दै पाटी परित्याग घोषणा गरेका थिए ।
बेलडाँडी २ बाट मदन खत्री र विष्णूराम उपाध्यायले टिकट पाउने चर्चा चलेपनि अन्तत पुरानै हालकै वडाध्यक्ष प्रेमखातीले टिकट पाए संगै उनकै सहकर्मी सदस्य भोज पाण्डे, विष्णूराम उपाध्यायले बागी दिएका हुन ।
एमाले बेलडाँडीमा टिकटकै विषयलाई लिएर वडा सदस्य, अध्यक्ष, उपप्रमुख, प्रमुखका आँकाक्षी आफ्नै पार्टिले घात गरेको भन्दै रुष्ट देखिएका छन ।
अरुको पार्टीमा समस्या देख्ने एमालेले आफ्नै पार्टीमा भ्रद्रगोल गर्ने काम गरेको भन्दै एमाले बेलडाँडीका केही नेता कार्यकर्ताले पाटी परित्याग गर्दै तथष्ट कम्यूनिष्ट विचारधारा बोकेर बस्ने घोषणा गरिरहेका छन ।



