जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेका छन् ।
बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिका सम्म पैदल हिँडाएका हुन् ।

