सांसद महता दाेधारा चाँदनीमा, पालिका भित्रका अधुरा योजना बारे लिए जानकारी

मुख्य खवर राजनीति विशेष समाचार

डिल्लीराज पन्त/कञ्चनपुर- कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता दोधारा–चाँदनी नगरपालिकामा पुगेर कार्यपालिका सदस्यहरूसँग नगरभित्रका विभिन्न समस्या र विकास योजनाबारे छलफल गर्नुभएको छ।

त्यसैगरी, नगरपालिकाका १० वटै वडामा विभिन्न कारणले रोकिएका विकास योजनाहरू किन अघि बढ्न सकेनन् र तिनलाई कसरी शीघ्र पूरा गर्न सकिन्छ भन्ने विषयमा पनि आवश्यक परामर्श गरिएको छ। योजना कार्यान्वयनमा देखिएका अवरोध हटाउँदै प्रभावकारी रूपमा काम अघि बढाउने विषयमा सांसद महताले सम्बन्धित पक्षसँग सुझाव लिनुभएको छ।

स्थानीय सरकार र संघीय प्रतिनिधिबीच समन्वय गर्दै जनताका समस्याको समाधान र विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कार्यक्रममा नगर प्रमुख किशोर लिम्बू ,उप प्रमुख गंगा देवी जोशी ,प्रमुख प्रशासकिय अधिकृत मोहन चन्द्र जोशी ,विभिन्न विद्यालय का प्र अ,सहायक प्र अ तथा शिक्षक का साथै नगरपालीका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

सांसद महता ले यस नगरपलिकाभित्र रहेका शिक्षा क्षेत्रका र गाउँ बस्ती का समस्या समाधान का लागि सम्बन्धित निकाय मा लैजाने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *