काठमाडौ-गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

उनको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएको थियो ।



