महेन्द्रनगर –कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान गरिएको छ । भीमदत्त नगरपालिकाले राजमार्गदेखि बजार क्षेत्रमा सडक बत्ती जडान गरेकोे होे । उज्यालो भीमदत्त बनाउने अभियान अन्र्तरगत पुर्वपश्चिम महेन्द्रराजमार्ग सहित बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको जनाएको छ ।
भीमदत्त नगरका मेयर पदम बोगटी यात्रु नागरिक सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे बताए । ‘हामीले भीमदत्तलाई उज्याँलो बनाउने अभियान अघि सारेका छौँ, ‘मेयर बोगटीले भने, ‘जस अनुरुप पहिलो चरण अन्र्तरगत भाँसीको काङलापुलदेखि ट्राफिकचोकसम्म १सय १७बत्ती जडान गरिसकेका छौँ ।’ बजार क्षेत्रमा क्षेत्रीय शहरी विकास परियोजना मार्फत बत्ति जडान गरिएको छ ।
मेयर बोगटीले बिहान विद्यार्थीदेखि साँझ यात्रुको सुरक्षाका लागि उज्यालो दिन खोजिएको बताए । ‘बिहानै विद्यार्थी कलेज आउँछन, सडकमा अध्याँरो हुन्छ, अध्याँरोले आउन जान समस्या हुन्थ्यो, ‘मेयर बोेगटीले भने, ‘साँझ सवारी साधन दुर्घटनाबाट बचाउन सडक बत्ती काम लागेको छ ।’


जसका कारण सवारी दुर्घटना न्युनिकरण भएको जनाईएको छ । बजारमा झिलिमिली उज्याँलो भएपछि विद्यार्थी, सर्वसाधारण, यातायातका सवारी साधनलाई यात्रा गर्न सहज भएको स्थानीयको भनाई छ । नगरबासीले थप बत्ती जडान गर्नुपर्नेमा सुझाव दिएका छन ।


