राष्ट्रपतिसँग प्रधानमन्त्रीकाे भेट, संसद गतिरोधबारे छलफल

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान भेटवार्ता गरेका छन् ।

विज्ञापन

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *