काठमाण्डाै – उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज बिहीवार सुनुवाइ सकिएको र भोलि शुक्रवार निर्णय हुन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाण्डाैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले भाेलि निर्णय सुनाउने भएको हो ।


