समाजवादि पार्टीले वृक्षरोपण गरेर संगठन निर्माणकाे उद्वघाटन गर्याे

Uncategorized

कञ्चनपुर–  नेपाल समाजवादी पार्टी सुदुरपश्चिम प्रदेश समितिले वृक्षारोपण गरेर संगठन निर्माण तथा विस्तार कार्यक्रमको उद्वघाटन गरेकाे छ ।

साेमबार कैलालीको धनगढीकाे भजनि र कंचनपुर जिल्लाको बेलौरी, पुर्नवास, लालझाडि लगाएतका स्थान सहित  प्रदेश भरीनै संगठन निर्माण तथा विस्तार कार्यक्रमकाे  वृक्षारोपण गरी उद्वघाटन गरीएकाे हाे ।

साे कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पार्टी राजनीतिक समिति सदस्य मिन राज बडु प्रमुख अतिथि रहनु भएकाे थियाे ।  भने कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश समिति उपाध्यक्ष विनोद चन्द , केन्द्रिय सदस्य तथा प्रदेश समिति उपाध्यक्ष अमर सिंह विष्ट केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष सत्यदेवि चापागाईं केन्द्रिय सदस्य लक्षिराम चौधरी प्रदेश समिति सचीव डम्बर दत्त पाण्डे कैलाली जिल्ला समन्वय समिति उपाध्यक्ष हरिराम चौधरी कंचनपुर जिल्ला अध्यक्ष उपाध्यक्ष लागायतका नेताहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएकाे पार्टीका केन्द्रीय सदस्य अमर सिंह विष्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उक्त कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि बडुले प्रदेशमा बढेको चरम भ्रष्टाचार र प्रदेश सरकारले गरेको फजुल खर्च प्रति पार्टीले नयाँ धारणा बनाएर प्रतिराेध गर्नु पर्ने बताउनु भयाे । उनले भने  “हालै प्रदेश सरकारले बिनोयोजन बजेट माथी गम्भीर असंन्तुष्टि रहेकाे  बताउदै यसको लागि नेसपा ले प्रदेश स्तरीय संघर्षका कार्यक्रम समेत घोषणा गर्ने बताउनु भयो ।”

आयोजित कार्यक्रमले पार्टीलाई मजबुद बनाएर अघि बढने संकल्पका साथ प्रदेश उपाध्यक्षद्वयले पार्टी संगठन निर्माण र विस्तारमा जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *