बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पे विजयपुर नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई डडेल्धुरा अस्पताल लगिएको छ ।
बैतडीको सुर्नया गाउँपालिका– ६ मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो। जीपमा २० जनासम्म सवार रहेको बुझिएको छ।
जीप सडकबाट करिब २ सय मिटर तल खसेकाले थप बिवरण आउन अझै बाँकी छ। घाइतेहरुको उद्दारमा स्थानीय र प्रहरीको टोलि खटिएको छ । दुर्घटनाको एकीन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ।

