महेन्द्रनगर-नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमाका बेथिती विरूद्व उभिएकाे छ । महाकाली प्रादेशिक अस्पतालमा देखिएका थुप्रै नितिगत प्रशासनिक बेथितीका विरुद्ध १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हाे ।
नेकपा बहुमतका नेता डम्मर विष्टद्वारा हस्ताक्षरित १२ बुदे ध्यानाकर्षण पत्र विहिबार अस्पताल प्रशासनलाई बुझाएकाे नेकपा बहुमतका नेता दिपेन्द्र ऐरीले बताउनु भयाे ।
उनले भने “स्वास्थ्य जस्ताे संम्वेदनशिल संस्थामा स्वास्थ्यका करार कर्मचारीमाथिकाे शाेषण र अन्य बेथिति पार्टीलाई सह्य नहुने बताउदै तत्काल ध्यानाकर्षण पत्रमा रहेका माग पूरा नगरेमा कडा रूपमा उत्रन बाध्य हुने बताए ।”
नेकपा बहुमत पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफलसँगै लिखित ध्यानाकर्षण सहितकाे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग सम्बोधन नभए कडा ढंगले उत्रिन बाध्य हुने चेतावनी दिएको नेकपा बहुमतका नेता विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ।
अस्पतालमा कार्यरत झण्डै एक सय बढि करार सेवामा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मीहरूले बुधबार महाकाली अस्पताल प्रशासन अगाडी नारा लगाउदै आफुहरू माथि भएकाे अन्याय र अस्पताल भित्रकाे बेथितिका विरूद्व नारानै लगाएका थिए ।
नेकपा बहुमतले अस्पताल प्रशासनलाई बुझाएकाे ज्ञापन पत्रमा उल्लेख गरिएका प्रमुख मागहरू……
लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा नआएको र तत्काल पुनःसञ्चालन गर्नुपर्ने,
अस्पतालको मेडिकलमा आवश्यक औषधि अभावले सर्वसाधारणले सास्ती भोग्नुपरेको,
करार कर्मचारीहरूबीच सेवासुविधामा भेदभाव गरिएको, आफु निकटका केहिलाई सेवा सुविधा दिएकाे
निड्स नेपालसँगको सम्झौता सकिएपछि पनि कानूनी प्रक्रिया मिचेर कर्मचारी राखिएको,
स्वास्थ्य बीमा अन्तर्गतका सेवा (ईको, ईन्डोस्कोपी, युएसजी आदि) महँगो मूल्यमा लिइएको,
नयाँ सञ्चालनमा आएको सीटी स्क्यान सेवामा प्राविधिक समस्या र बीमा अन्तर्गत सुविधा नपाइएको,
अस्पतालभित्र राजनीतिक प्रभावमा पद दुरुपयोग र हस्तक्षेप,
प्रशासनका कर्मचारीहरूले ओभरटाइम र भत्ता दुरुपयोग गरेको,
कन्सल्टेन्ट डाक्टरहरू इमर्जेन्सीमा अनुपस्थित हुने,
चिकित्सकहरू कार्यालय समयमा ढिलाइ गर्ने र चाँडो निस्कने,
केही कर्मचारीले ई-हाजिर प्रणालीको दुरुपयोग गरेको, र केही पूर्व जनप्रतिनिधिलाई कानूनी प्रक्रिया विपरीत नियुक्ति दिएको जस्ता विषयहरू समावेश छन् ।
विज्ञप्ति


