कञ्चनपुर र कैलालीका किसानलाई ठग्ने दुई व्यक्ति पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -एक वर्षदेखि  कञ्चनपुर र कैलालीका किसानहरुलाई कृषि सामाग्री सहित पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा र उनी सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले उनीहरुलाई शनिवार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी  उपरीक्षक खत्रीले जानकारी दिए। उनीहरूमाथि ठगि सम्बन्धि मुद्वा दर्ता गरेर कानुनी कार्वाहि अघि बढेकाे बताउनु भयाे ।

सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दै आएका थिईन। उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म पावरटिलर किसानले नपाएपछि घटना बाहिरएकाे हाे ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलाली प्रहरीमा ठगिएका व्यक्तिहरू सम्पर्कमा आउनेक्रम जारी रहेकाे र उनिहरूमाथि थप अनुसन्धान भईरहेकमे कञ्चनपुर प्रहरी प्रमुख एसपि खत्रीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *