कञ्चनपुरमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईयो

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-कञ्चनपुरमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ । शनिबार नेपाल पत्रकार महासंघको आयोजनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।

पत्रकार महासंघ शाखा कञ्चनपुरको परिसरमा बृक्षारोपण, सरसफाई एव बृक्षारोपण गरेर दिवस मनाएका छन । जिल्लाका पत्रकारहरुले एक आपसमा शुभकामना आदान प्रदानका साथै प्रेस स्वतन्त्रता, पत्रकारिता, मिडिया चुनौती विषयमा समेत छलफल अन्तरकृया गरिएको छ ।

अन्तरकृया कार्यक्रममा अग्रज पत्रकार खेम भण्डारीले ‘स्वतन्त्रताको कुरामा आफू बाट नियालेर हेर्नुपर्ने कुरामा ख्याल गर्नु पर्ने र मिडियाको आचारसंहितामा ख्याल गर्नु बताएका छन्।’ प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण भट्टले ‘पत्रकारिताको पछिल्लो समयमा निकै चुनौती बढ्ने क्रमा रहेको हुँदा सबै चुनौतीको सामना गर्नु परेको बताए ।’ त्यसैगरी प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरिले प्रेस माथिको हस्तक्षेप लगायतका घटना अझै पनि बढ्ने क्रम, एकता नहुदा पत्रकारितामा पछील्लो समयमा, पत्रकार अझै सुरक्षीत नभएको बताए। अग्रज पत्रकार खेम भण्डारी, पत्रकार महासंघ केन्द्रीय सदस्य सुरेश पन्त सहितका अग्रज पत्रकारहरुले प्रेस स्वतन्त्रता, पत्रकारिता एव मिडिया चुनौतीका विषयमा छलफल गरेका थिए ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपरका अध्यक्ष सुरेश सिह धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासघका सचिव कुण्दन पाण्डेयले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य सहसचिव गोकुल जोशीले राखेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य एव विभिन्न मिडियामा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *