गृहमन्त्रीको पीए हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

नक्कली पिए भन्दै ठगी गर्दै हिँडेका बिस्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो ।

नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए र सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।

 

साभार:खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *