डाेटिकाे पुर्वीचाैकी ६ मा काँग्रेसका थापा विजयी

मुख्य खवर राजनीति विशेष समाचार

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षमा नेपाली काँग्रेसका मोहन थापा विजयी भएको छ । निर्वाचन कार्यालयका अनुसार थापा ४ सय ६८ मतसहित विजयी भएका हुन।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापाले ३ सय १ मत प्राप्त गरे।

नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्काले ३१ मत हासिल गरे।

आइतबार सम्पन्न मतदानमा ८३९ मत खसेको थियो। जसमा १३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *