महेन्द्रनगर-कञ्चनपुरका एक पुर्व शिक्षक गणेश बोहरा हत्याकाण्ड तीन बर्षमा फैसला भएको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीय समेत रहेका पुर्व शिक्षक बोहरा हत्याकाण्डको तीन बर्ष पुरा भएपछि फैसला भएको हो ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले पुर्व शिक्षक बोहरा हत्याकाण्डको ३१ असार ०८० मा फैसला परेको छ । उच्चका अदालतका मुख्य सहितका न्यायाधिशको इजलासले बोहरा हत्याकाण्डको ज्यान कसुरमा दायर भएको मुद्दाको फैसला भएको अदालतले जनाएको छ ।
उच्चका अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार तिर्थराज भट्टले बोहरा ज्यान कसुरमा प्रकास पाल र लाल बहादुर बोहरालाई कैद, जरिवानादेखि क्षतिपूर्ति सजाय भएको बताए । रजिष्ट्रार भट्टका अनुुसार मुलुकी अपराध संहिता ०७४ को दफा १८१ को (२) बमोजिम प्रकास पाल र लाल बहादुर बोहरालाई जनही ५÷५ बर्ष कैद सजाय निर्धारण गरिएको छ ।
‘दुवैलाई ३५÷३५ हजार रुपैया जरिवाना, १४ सय रुपैया पीडितको राहत कोष र जनही १ लाखका दरले २ लाख रुपैया मृतक बोहराको आश्रित परिवारलाई क्षतिपूर्ति तिर्न फैसला भएको छ ।’ उक्त मुद्दा जिल्लाबाट सरेर उच्च अदालतमा पुनरावेदन भएको थियो ।
२० असार ०७८ साल खल्लामछेट्टी गाँउमा बोहराको प्रकास पाल समुहले पालकै मदिरा पसलमा हमला गरेका थिए । पाल समुहको आक्र्रमणमा परेर घाईते भएका बोहराको भोलीपल्ट मृत्यु भएको थियो ।
मृतक बोहरा परिवारले प्रकास पाल सहित उनका बाबु हंस पाल, आमा मधु भनिने रुक्मा पाल, गोमती पाल(खडका), लाल बहादुर बोहरा बिरुद्धमा कर्तव्य ज्यान अन्र्तरगत प्रहरीमा किटानी दिएका थिए । सोही आधारमा प्रहरीले पाँचै जनालाई पक्राउ गरेर ज्यान कसुरमा मुद्दा चलाएको थियो । १२ साउन ०७८ मा जिल्ला अदालतमा दायर भएको मुद्दामा १९ साउनमा प्रकास पाल, मधु भनिने रुक्मा पाल र लाल बहादुर बोहरालाई पुरपक्षका लागि कारागार चलान र हंस पालबाट २ लाख ५० हजार र गोमती पालबाट ५० हजार धरौटी तिराएको थियो । उच्चले मधु भनिने रुक्मा पाललाई साधारण तारेखमा रिहा गरेको थियो ।
(मृतक) पीडित बोहरा पक्षले मुलुकी फौजदारी संहिता ०७४ को १७७(१)को उपदफा (२) बमोजिम सजायको माग दावि गरेका थिए । पुर्व शिक्षकको हत्या गरेको भन्दै तीन बर्ष अघि गाँउ नै उल्टिएर आन्दोलन गरेको । उच्चको फैसला पछि पीडित पक्षले केही न्याय पाईएको बताएका छन । अपराध गरेपछि सजायको भागिदार हुनुपर्छ भन्ने उक्त घटनाले चित्रण गरेको छ ।
विज्ञापन


