रमेश प्रसाद भट्ट/कञ्चनपुर-कञ्चनपुर प्रहरी भन्सार चाेरी,छली तस्करी विरूद्व आक्रमक रूपमा उत्रीएकाे छ । खुला सिमा नाकाहरूबाट हुने चाेरी तस्करी नियन्त्रण गर्न कञ्चनपुर प्रहरी आक्रमक रूपमा उत्रीए संगै तस्करीका समान बरामदमा बृद्वि भएकाे हाे ।
विज्ञापन

जिल्ला प्रहरी कार्यालय मतहतका प्रहरी युनिटले अबैध रूपमा भन्सार छली गरी ल्याएका ८ लाख मूल्य बराबरका समान बरामद् गरेकाे छ ।
कञ्चनपुर प्रहरीकाे दाेधारा, गड्डाचाैकी, मझगाउँ र बेलडाँडीकाे झिलमिला प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टालीले दुई दिनमै ८ लाख बढिका अबैध भन्सार छलीका समान बरामद् गरेकाे हाे ।
विज्ञापन

असार १ र २ गते सबै भन्दा बढि ईलाका प्रहरी कार्यालय दाेधारा चाँदनीबाट खटिएकाे प्रहरी टालीले ६ लाख ३९ हजार ३ सय ५० रूपयाँका अबैध समान बरामद् गरेकाे छ । यस्तै ईलाका प्रहरी कार्यालय गड्डाचाैकीले १ लाख ७१ हजार तीन सयका अबैध समान, प्रहरी चाैकी झिलमिलाले ८ हजार ४ सय चालीस रूपयाका भन्सार छलीका समान र अस्थाई प्रहरी विटले ८ हजार २ सय गरि जम्मा अन्दाजि ८ लाख २७ हजार ४ सय नब्बे रूपयाँ बराबरका भन्सार छलीका समान बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपि चक्रराज जाेशीले बताउनु भयाे ।
उनका अनुसार बरामद् गरिएका समानमा माेटर पार्टका समान, तार, खाध्यान्नका समान, कपडा आदि रहेकाे र बरामद् गरीएका समान आवश्यक कार्वाहिका लागि आइतबार भन्सार कार्यालय गड्डाचाैकी बुझाएकाे बताए ।
उनले भने “कञ्चनपुर प्रहरीले विशेष सुरक्षा याेजनानै बनाएर अबैध काराेबार, भन्सार चाेरी, छली, तस्करी राेकथाम गर्न लगेकाे बताउदै जिल्लाका सबै मातहतका प्रहरी युनिटहरूमा कडा निर्देशन समेत गरेकाे बताए ।”
यसरी कञ्चनपुर प्रहरीले भन्सार चाेरी, छली, तस्करी विरूद्वमा कडा रूपमा उत्रीए संगै दैनिक जसाे लाखौं मुल्यमा राजस्व संकलन भईरहेकाे छ ।
विज्ञापन


