रमेश प्रसाद भट्ट/कञ्चनपुर । कञ्चनपुरमा आज देखि २६ गतेसम्म आईभीपी खाेप लगाईदै छ ।
जिल्ला भरीमा अभियानबाट ५ बर्ष मुनीका करिब ३४ हजार बालबालिकालाई आईभीपी खोप दिईने भएको हाे ।
बालबालिकाहरुलाई नियमित खोप अन्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने स्वास्थ्य कार्यालय कञ्चनपुरका खाेप अधिकृत जनक कुवरले बताउनु भयाे ।
विज्ञापन

उनले भने “२०७३ बैशाख देखि ०७५ असोज सम्म जन्मिएका ५ बर्ष मुनीका बालबालिकाहरुलाई आईभिपि खोप दिईने याेजना रहेकाे छ ।”
यसरी खाेप अभियानबाट जिल्लाका ९ वटै पालिकाका सबै खाेप केन्द्र र विद्यालयमा खाेप केन्द्र रहने स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपर भाईजर कपिलदेव जोशीले बताउनु भयाे ।
विज्ञापन

उनका अनुसार बेलडाँडी गाँउपालिका १ हजार १ सय ७४, बेलौरी २ हजार ७ सय ९३, लालझाडी गाँउपालिका १ हजार ३ सय ८१, पुनर्वास नगरपालिका ४ हजार ३ सय ११, शुक्लाफाँटा नगरपालिका ३ हजार ५ सय ८०, भीमदत्त नगरपालिकामा ८ हजार ५ सय ६२, बेदकोट नगरपालिकामा ३ हजार २ सय ३२, कृष्णपुर नगरपालिकामा ५ हजार ६ सय ६७ र दोधाचाँदनी नगरपालिका ३ हजार २ सय ४२ बालबालिकालाई खोप दिईने बताए ।
यदि खाेप अभियानकाे अन्तिम दिन २६ गते सम्म खाेप लगाउनबाट छुटेकालाई अर्काे दिन खाेप दिईने सुपरभाईजर जाेशीले बताए ।
जिल्ला भरमा खोप अभियानका लागि १ सय ५३ स्वास्थ्यकर्मी, ७ सय १० स्वयंम सेविका सहित ८ सय ६३ जना जनशक्ति खटिने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
विज्ञापन


