जिल्ला लिग फुटबल प्रतियोगिता च्याम्पियन अरनिको क्लब

मुख्य खवर राजनीति विशेष समाचार

बिकाश सिंह महता/१५, बैशाख,कञ्चनपुर-र कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला लिग फुटबल प्रतियोगिताको च्याम्पियन अरनिको युवा क्लब बनेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता -२०८१ को फाइनलमा कञ्चन समाज लाई हराउँदै जिल्ला लिग च्याम्पियन बनेको हो।

फाइनलमा अरनिको युवा क्लबले ३-० गोलको अन्तरले कञ्चन समाज लाई हराउदै जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि अरनिको युवा क्लबले जित्न सफल भएको छ।
खेलको पहिलो हाफमा अरनिको युवा क्लबका तर्फबाट २० औं मिनेटमा जर्सी नम्बर १२ का मदन बहादुर जिसिले गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाएको थियो। ३६ औं मिनेटमा जर्सी नम्बर १६ का अनिल तामाङले दोस्रो गोल गरेका थिए। भने दोस्रो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर १५ का उमेश लामाले आफ्नो टिमको लागि तेस्रो गोल गरेका थिए। भने कञ्चन समाजले पाएको अवसर गुमाउदा प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको छ।

प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११, मेडल ट्र्फी प्रमाणपत्र मेडल हात पारेको छ भने कञ्चन समाजले उपविजेतामा चित्त बुझाउदै नगद पुरस्कार रु. २५ हजार ५ सय ५५ रुपैया प्रमाणपत्र, मेड र ट्रफि पाएको छ। भने सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया दिएको छ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *