कञ्चनपुर– नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकाे जनज्याेति क्याम्पस अध्यक्षमा पवन प्रसाद अवस्थी निर्विरोध चयन भएका छन् । नेविसंघ केन्द्रीय सदस्यहरूकाे उपस्थिति सहित विद्यार्थीहरूकाे भेलाबाट उनी गत चैत्र १८ गते जनज्याेति क्याम्पसकाे ईकाई कमिटि अध्यक्षमा निर्विरोध चयन भएका हुन ।
इकाई कमिटि अध्यक्ष अवस्थीकाे अध्यक्षतामा ९ जना पदाधिकारी सहित ४२ सदस्यीय कार्यसमिति बिस्तार गरिएकाे नेविसंघ कञ्चनपुर जिल्ला अध्यक्ष नरेश पण्डितले बताउनु भयाे । उनले भने “जिल्लाका सबै क्याम्पसहरूमा ईकाइ कमिटि विस्तार गर्ने क्रममा हामिले जनज्याेतिमा पनि संगठन विस्तार गर्याे ।” उहाँले अगाडि भने`हामिले यहाँ निर्विराेध अवस्थीकाे अध्यक्षतामा ४२ सदस्यीय कमिटि विस्तार गरेका छाै ।´
उपसभापतिमा जितेन्द्र थलाल र सोनिया पन्त, सचिवमा गणेश भट्ट र गणेश जोशी , सह-सचीवमा नवीन जोशी र राजेन्द्र साउँद, कोषाध्यक्षमा कबिता पन्त लगाएत ४२ जना सदस्य सर्बसम्मत चयन भएका हुन ।
विज्ञापन

यसै गरि अन्य बाकि रहेका क्याम्पसहरूमा समेत संगठन विस्तार गर्दै जाने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष पण्डितले बताए ।


नेविसंघ केन्द्रिय सदस्यहरु इन्द्र साँउद , सन्जय अधिकारी र मनोज भट्ट तथा ने वि संघ जिल्ला अध्यक्ष नरेश पन्डित , उपाध्यक्ष सुरज भट्ट , सचिब पंकज भट्ट , सहसचिब रोहित पान्डेय , निवर्तमान इकाइ अध्यक्ष कृष्ण देव जोशी र नेवि संघ सु.प विश्वविद्यालयका पुर्व सभापति राजेश राज पन्त को उपस्थितिमा कार्यक्रम गरिएकाे नेविसंघ जिल्ला अध्यक्ष पण्डितले बताए ।
विज्ञापन


