महेन्द्रनगर -कञ्चनपुरमा विभिन्न मुद्धामा फरार रहेका चार जना पक्राउ परेका छन्। आइतवार चारैजनलाई उनीहरुकै घरबाट प्रहरीले पक्राउ गरेको हो। तीन जना सरकारी किर्ते मुद्धाका र एक लागुऔषका गरि चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिमल बोहरा, सुन्दर चलाउने र विकास चलाउने रहेका छन्। बिमललाई २०८० बैशाख ३१ गते ५ महिना कैद एक हजार जरिवाना, सुन्दर र विकास दुबैलाई सोहि दिन ६ महिना कैद तथा एक हजार एक सय जरिवाना तोकेको थियो।
यस्तै अनमोल शाहलाई २०७९ बैशाख २२ गते लागुऔषध मुद्धामा तीन वर्ष कैद चार हजार जरिवाना तोकिएको थियो। चारै जनालाई अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

